भारतीय चर्चित गायक रितो रिबा पोखरा आउँदै, आइतबार क्याटवाकमा लाइभ कन्सर्ट
पाेखरा | असोज २५, २०८०
पोखरा: भारतीय चर्चित गायक रितो रिबा असोज २८ गते घटस्थापनाको दिन पोखरा आउने भएका छन् ।
पोखराको प्रतिक इभेन्ट र काठमाडौंको टौवा क्रियशनले गायक रिबालाई ल्याउन लागेको हो । लेकसाइड स्थित क्यार्टवार्कमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् ।
असोज २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्ट पछि असोज २८ गते आइतबार पोखरामा रिबाको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक प्रतिक इभेन्टका प्रतिक सुनारले जानकारी गराए । उनका अनुसार प्रीबुकिङका लागि टिकट खुल्ला गरिएको छ ।
इसेवा मार्फत पनि सर्वसाधारणले टिकट खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ । कन्सर्टका दिन राति १० बजे डोर ओपन हुने र रिबाले ११ः३० बजे प्रस्तुती दिने प्रतिकले बताए ।
लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए । पछिल्लो समय काठमाडौंमा अन्तर्राष्ट्रिय कलाकार आइरहँदा पोखरामा भने कमै आउने गरेका थिए ।
भारतीय गायकहरुको प्रस्तुति पोखरामा कम नै हुनेगथ्र्यो । तर प्रतिक इभेन्ट र टौवा क्रियशनले भने पोखरामा पनि भारतीय कलाकारको प्रस्तुतिको चाँजोपाँजो मिलाएका छन् ।
इन्डियन आइडल १३ मा उत्कृष्ट १५ बाट बाहिरिएका गायक हुन् रितो रिबा ।

उनी बाहिरिए पनि उनको आवाजलाई भने सामाजिक संजालमा निकै रुचाइएको छ । रितो रिबाको ‘तू मेरी हीर’ युटुबमा मिलियन पटक हेरिएको छ । उनका चर्चित गीत ‘इक तुही मेरी बना गी क्या’ चर्चामा छ । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका रिबाले भारतमा सयौं साँगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

